मध्यपहाडी लोकमार्गका लागि थप ४ अर्ब माग, १७ सय किलोमिटरको ठेक्का यही वर्ष लगाइसक्ने

बिजमाण्डू
२०७५ मंसिर ५ गते १७:०१ | Nov 21, 2018
मध्यपहाडी लोकमार्गका लागि थप ४ अर्ब माग, १७ सय किलोमिटरको ठेक्का यही वर्ष लगाइसक्ने


काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाले ४ अर्ब रुपैयाँ थप बजेट मागेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक बर्षको बजेट सकिने अवस्थामा पुगेको र काम भैसकेका बक्यौंताको भूक्तानी दिन थप बजेट मागेको मध्यहाडी लोकमार्ग आयोजना पुर्वी  खण्डका सिनियर डिभिजनल इन्जिनियर नारायण पौडेलले जानकारी दिए।उनका अनुसार पूर्वी र पश्चिम दुर्इ खण्डका लागि २/२ अर्ब थप बजेट अर्थमन्त्रालयसँग मागिएको हो।

सरकारले चालु आर्थिक बर्षका पूर्व र पश्चिम दुवै खण्ड गरि करिव ५ अर्ब रुपैया विनियोजन गरेको थियो।जसमा पूर्वी खण्ड र पश्चिम खण्डका साढे दुर्इ/साढे दुर्इ अर्ब रुपैयाँ छुट्याइएको थियो। साढे दुर्इ अर्बमा पुर्वी खण्डले १ अर्ब ८० करोड रुपैयाँ खर्च गरिसकेको छ भने पश्चिम खण्डले करिव ८० करोड रुपैयाँ खर्च गरेको छ। पश्चिम खण्डमा यसै बर्ष सबैजसो ठेक्का लगाइसक्ने लक्ष्य राखेकाले थप बजेट चाहिएको आयोजनाको दाबी छ।

त्यस्तै आर्थिक बर्ष २०७४/७५ का लागि पुर्वी खण्डका लागि छुट्याएको करिव ३ अर्ब बजेट शतप्रतिशत खर्च भएको आयोजनाले जनाएको छ।त्यस्तै पश्चिम खण्डमा पनि शतप्रतिशत भएको आयोजनाको दाबी छ।आर्थिक बर्ष २०६४/०६५ बाट विशेष प्राथमिकताका साथ मध्यपहाडी लोकमार्ग आयोजना निर्माण थालिएको हो। चलनचल्तीका सडक र नयाँ ट्रयाक सहित निर्माण सुरु गरिएको सडकको करिव ट्रयाक भने खुलिसकेको छ।

ट्रयाक खुलिसकेका ठाउँहरुमा कालोपत्रे,स्तरोन्नति लगायत कामहरु भैरहेका छन्। यो लोकमार्गले मध्यपहाडका २५ जिल्लाका कारिव ३ सय वस्तीलार्इ जोडी करिव ७५ लाखभन्दा बढी नागरिकको जीवनस्तर उकास्नमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजनालार्इ पूर्व र पश्चिम खण्ड गरि दुर्इ भागमा विभाजन गरेर काम भैरहेको छ।करिव १७ सय किलोमिटर लामो सडक आगामी चार बर्ष सक्ने लक्ष्य राखिएको छ।