सातादेखि घटेको शेयर बजारमा बुधबार लाग्यो ब्रेक, बैंक तथा फाइनान्सको सूचकमा सुधार, कारोबार बढेन

बिजमाण्डू
२०७५ मंसिर ५ गते १५:२७ | Nov 21, 2018


काठमाडौं। लगातार एक सातादेखि घटिरहेको शेयर बजार बुधबार एक अंकको बृद्धिसँगै ब्रेक लागेको छ। एक सातामा २६.७२ अंकले घटेको शेयर नेप्से सूचक आज ०.०८ प्रतिशतले सुधार देखिएको छ।

Tata
GBIME
Nepal Life

बजार हरियो देखिए पनि बुधबार १५१ वटा कम्पनीको २६ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार एक घण्ट ४४ मिनेटपछि विस्तारै सुधार हुँदा अन्तिमसम्ममा बजार हरियो देखिएको छ।

आज सबैभन्दा धेरै नबिल बैंकको प्रमोटर शेयर तीन करोड २० लाख रुपैयाँको कारोबार भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ४.२९ प्रतिशतले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ७.४० प्रतिशतले गुमाएका छन्।

बुधबार उपसूचकहरु बाणिज्य बैंकको ०.१२ प्रतिशत, विकास बैंकको ०.५६ प्रतिशत, फाइनान्सको ०.१६ प्रतिशत अन्य ०.३१ प्रतिशत, जीवन बीमा ०.५८ प्रतिशतले बढेका छन्। आज बैंक तथा फाइनान्सको सूचकमा सुधार आउँदा बजार बढेको हो।

विगत एकसातादेखि लगातार घटिरहेको शेयर बजारमा बैंकको व्याजदर तथा बैंक फाइनान्स प्रदान गरेको नगद लाभांशले बजारलार्इ उकास्न सकेको छैन।

अधिकांश बैंक तथा वित्तीय संस्थाले न्युनतम चुक्ता पूँजी जुटाइसकेकोले प्राय सबैले नगद लाभांशलार्इ जोड दिइरहेका छन्। साथै बैंक व्याजदरलार्इ लिएर बैंकर एसोसिएसनमा पनि फाटो देखिदै आएको छ। यसले गर्दा अझै व्याजदरको समाधान नहुने र अझै व्याजदर बढ्ने हो कि भन्ने शंकाले बजार बढ्न नसकेको हो।