वहुवर्षिय ठेक्काको विवरण सात दिनभित्र पेश गर्न अर्थसमितिको निर्देशन, रकमान्तरको विवरण पनि माग

बिजमाण्डू
२०७५ मंसिर ५ गते १४:४३ | Nov 21, 2018
वहुवर्षिय ठेक्काको विवरण सात दिनभित्र पेश गर्न अर्थसमितिको निर्देशन, रकमान्तरको विवरण पनि माग


काठमाडौं। संसदको अर्थ समितिले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमको विवरण पेश गर्न सम्पूर्ण मन्त्रालयहरूलाई निर्देशन दिएको छ। समितिले बहुवर्षीय ठेक्का लागेका त्यस्ता आयोजनाको हालको अवस्था र आयोजना प्रमुखको विवरणसमेत बुझाउन ७ दिनको समय तोकेको छ।

Tata
GBIME
Nepal Life

बैठकको सुरुमै समिति सभापति कृष्णप्रसाद दाहालले बहुवर्षीय ठेक्कामा स्रोत सुनिश्चित भए/नभएको विवरण पेश गर्न पनि निर्देशन दिए।बैठकमा सांसदहरूले भइरहेको रकमान्तरको विवरण पनि माग गरेका छन्।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले प्रदेश र स्थानीय तहमा पठाइएका आयोजनामा पर्याप्त स्रोत नभएको भन्दै संविधानमा भएको व्यवस्था अनुकुल हुने गरि कार्यान्वयन गराउनुपर्ने बताए।