माया खोला हाइड्रोपावरको पौने दुर्इ अर्ब रुपैयाँ ऋणको रेटिङ, पायो औसत रेटिङ

बिजमाण्डू
२०७५ मंसिर ५ गते १४:२९ | Nov 21, 2018
माया खोला हाइड्रोपावरको पौने दुर्इ अर्ब रुपैयाँ ऋणको रेटिङ, पायो औसत रेटिङ


काठमाडौं। माया खोला हाइड्रोपावरले आयोजना निर्माणको लागि एक अर्ब ८२ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ। कम्पनीले एक अर्ब ७५ करोड रुपैयाँको दीर्घकालिन ऋणको लागि 'इक्रा एनपि एल डवल वि माइनस' प्राप्त गरेको छ।

Tata
GBIME
Nepal Life

यो रेटिङले मध्यम किसिमको जोखिम जनाउने क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। ७ करोड ५० लाख रुपैयाँको अल्पकालीन ऋण  र एक अर्ब रुपैयाँको फण्डको लागि प्रयोग नहुने ऋणको लागि भने 'इक्रा एनपि ए फोर' प्राप्त गरेको छ। कम्पनीले संखुवासभामा १४.९ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

अहिलेसम्म जम्मा १० प्रतिशत मात्रै काम सकेको सो आयोजना सन् २०१९ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य लिइएको छ।आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षामा प्रति युनिट ४.८ रुपैयाँ र सुख्खा समयमा ८.४० रुपैयाँमा विद्युत खरिद सम्झौता गरिसकेको छ। आयोजनाको दुर्इ प्रमुख प्रमोटरमा खानी खोला हाइड्रोपावर कम्पनी र प्रभु ग्रुपको प्रभु इन्स्योरेन्स छ। प्रभु इन्स्योरेन्सको हिस्सा ५ प्रतिशत रहेको छ। अनुभवी दुर्इ प्रमोटर हुँदा कम्पनीले राम्रो रेटिङ प्राप्त गर्न सकेको हो।

२२०५ मिटरको टनेल बनाउनुपर्नेमा ६ महिनामा १० प्रतिशत मात्रै सकिएकोले कम रेटिङ पाएको हो। प्राधिकरणले कोशी करिडोरको सबस्टेसन निर्माण भर्खरै सुरु गरेकोले समयमा नसकिए विजुली बिक्रीमा पनि समस्या पर्नेछ।

आयोजनाको लागि शेयर पूँजी
आयोजना निर्माणको लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पूँजीबाट रकम जुटाउने योजना छ। ७५ करोड रुपैयाँ शेयर पूँजीबाट जुटाउने योजना रहेको आयोजनाले ६० प्रतिशतको लागि प्रतिबद्धता प्राप्त भैसकेको जनाएको छ।

१० प्रतिशतको लागि प्रतिबद्धता आउन बाँकी छ। ३० प्रतिशत रकम सर्वसाधारणबाट आइपिओ निष्काशन गरेर जुटाउने योजना छ। आयोजना निर्माणको लागि सुरुवाती अवस्थामा दुर्इ अर्ब ४८ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। प्रारम्भिक मूल्यांकनका आधारमा यो आयोजनाको लागत प्रति मेगावाट लागि १६ करोड ६८ लाख रुपैयाँ पर्ने देखिएको छ। बढ्दो बैंक व्याजदरको कारण आयोजनाको लागत बढ्ने अनुमान गरिएको छ।