सहमति विपरित कल डिपोजिटमा धेरै ब्याज दिएको उजुरी बैंकर्स संघमा, राष्ट्र बैंकलाई नटेरेको गुनासो

बिजमाण्डू
२०७५ मंसिर ४ गते १८:४४ | Nov 20, 2018
सहमति विपरित कल डिपोजिटमा धेरै ब्याज दिएको उजुरी बैंकर्स संघमा, राष्ट्र बैंकलाई नटेरेको गुनासो

काठमाडौं। सहमति बिपरित केही बैंकले कल डिपोजिटमा उच्च ब्याज दिएको उजुरी बैंकर्स संघमा परेको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले गरेको ब्यवस्थालाई समेत उल्लङ्घन गरेर कल डिपोजिटमा उच्च ब्याज दिएको उजुरी परेको हो।

राष्ट्र बैंकले बचतको न्यून ब्याज बराबरसम्म मात्र कल डिपोजिटमा ब्याज दिन पाईने ब्यवस्था गरेको छ। बचत खाताहरूमा दिईने ब्याजको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढि हुन नहुने ब्यवस्था छ।

बैंकर्स संघले बचतमा बढिमा सात प्रतिशत मात्र ब्याज दिन पाईने सहमति गरेका छन्। राष्ट्र बैंकको २ प्रतिशत बिन्दुको अन्तर राख्दा न्युनतम ब्याज ५ प्रतिशत हुन्छ।

सहमति अनुसार यही ५ प्रतिशत मात्र कल डिपोजिटमा ब्याज दिनु पर्ने हुन्छ।

तर केही बैकले ७ प्रतिशतसम्म कल डिपोजिटमा ब्याज दिएकाे उजुरी बैंकर संघमा परेको हो।

संस्थागत निक्षेपकर्तालाई सम्झाैतामा ५ प्रतिशत दिएको उल्लेख गरेर आफ्नो प्रणालीमा भने ७ प्रतिशत चढाईएको प्रमाणसमेत संघमा पुगेको एक बैंकरले बताए।

यश बारेमा संघले आफ्ना सदस्य बैंकरलाई गलत काम भईरहेको सर्कुलेट गर्दै त्यसो नगर्न भनेको छ। राष्ट्र बैंकको निर्देशनसमेत उल्लङघन भएको भन्दै कारवाहीका लागि ठोस कदम उठाउने संघले जनाएको छ। यस बारेमा राष्ट्र बैंकलाई पनि जानकारी दिईने संघले चेताबनी दिएको छ।

संघले कल डिपोजिटका ब्याज दर ९१ दिने ट्रेजरी बिलसँग लिंक गर्न माग गर्दै आएको छ।