राष्ट्रिय बाणिज्य बैंकले उर्जा बचतकालागि अनुदान दिने, यन्त्र जडानमा ३०% सम्म सहयोग

बिजमाण्डू
२०७५ मंसिर ४ गते १३:४४ | Nov 20, 2018


काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित प्रभावकारी उर्जा बचत कार्यक्रमको  परियोजना कार्यान्वयन इकाइका रुपमा काम गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

यस अनुसार नेपालमा संचालित ठूला साना र मझौता उद्योग र फर्महरुलाई मतब्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी उपकरण जडान गर्दा बाणिज्य बैंकबाट अनुदान रकम उपलब्ध गराइने बताइएको छ।

जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशतसम्म अनुदान रकम बाणिज्य बैंक मार्फत उपलब्ध हुने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

यस आयोजना अन्तर्गत कुनै एक इकाइले न्यूनतम १० लाख देखि १ करोड रुपैयाँसम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता रकमकालागि दरखास्त दिन पाउने पनि बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार यसकालागि नेपालमा संचालित ठूला साना र मझौला उद्योग तथा फर्महरुले बाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सहायता रकमकालागि दरखास्त दिन सक्नेछन्।

यसैगरी अन्य कुनै पनि वाणिज्य बैंकबाट ऋण लिन समेत सकिने बैंकले जारी बिज्ञप्तीमा उल्लेख छ।