तीन चक्के टेम्पुमा सहयोगी विकास बैंकले लगानी गर्ने, जग्गा धितो राखे ७० प्रतिशतसम्म ऋण दिने

बिजमाण्डू
२०७५ मंसिर ३ गते १३:०५ | Nov 19, 2018
तीन चक्के टेम्पुमा सहयोगी विकास बैंकले लगानी गर्ने, जग्गा धितो राखे ७० प्रतिशतसम्म ऋण दिने

जनकपुर। सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ। यसका लागि जनकपुरमा रहेको अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रालिसँग संझौता भएको छ।

Tata
GBIME
Nepal Life

संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेडर्सका प्रोपाइटर आशिष शाह र माहागणपति अटो सेल्सका प्रोपाइटर दिपेन्द्रकुमार दासले हस्ताक्षर गरेका छन्। 

संझौता अनुसार अशोक ट्रेडर्स र माहागणपति अटो सेल्सले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई ट्रेडर्सले सिफारिस गरे अनुसार बैंकले रित पु¥याई कर्जा लगानी गर्नेछ।

बैंकले तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ। तर कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने संझौतामा उल्लेख छ।

कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ। लगानीपछि ऋणी असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्थाले सघाउने छन्।