राष्ट्रिय बाणिज्य बैंकको भक्तपुरको मुस्कान सेवालाई सहयोग, १२ लाखको चेक हस्तान्तरण

बिजमाण्डू
२०७५ मंसिर ३ गते १२:३६ | Nov 19, 2018
राष्ट्रिय बाणिज्य बैंकको भक्तपुरको मुस्कान सेवालाई सहयोग, १२ लाखको चेक हस्तान्तरण

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका वडा न.८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

मुस्कान सेवा अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङलाई चेक हस्तान्तरण गरेका छन्। 

मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रवन्धको लागि कार्य गर्दै आइरहेको छ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, नायव महाप्रवन्धकहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु मुस्कान सेवा नेपालका प्रतिनीधिहरु लगायतको उपस्थिति  रहेको थियो।