लुम्बिनी जनरल इसन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्सका लागि सम्झौता

बिजमाण्डू
२०७५ मंसिर २ गते १६:५९ | Nov 18, 2018
लुम्बिनी जनरल इसन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्सका लागि सम्झौता

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन्। 
सम्झौता कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ, मार्केटिङ म्यानेजर तीर्थराज पुरी तथा बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र बरिष्ठ मार्केटिङ म्यानेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो।

सम्झौता अनुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ।