सानासँग रहेको संस्थागतको पैसा ठूला बैंकमा पुगेपछि बैंकर संघले यसरी निकाल्यो बीचको बाटो

बिजमाण्डू
२०७५ मंसिर २ गते १५:०४ | Nov 18, 2018

काठमाडौं। बैंकर संघमा साना र ठूला बैंकबीच ब्याज दरमा गरेको भद्र सहमतिमा विवाद देखिएपछि नवीकरण गर्ने पैसाका हकमा अर्को सहमति बनेको छ।

Tata
GBIME
Nepal Life

संघमा उपस्थित २८ वटै बाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिबीच भएको छलफलमा मुद्दति निक्षेपको नवीकरणका हकमा दिइने ब्याजमा अर्को सहमति बनेको हो। संघले आइतबार बिहान सबै बैंकसँग छलफल गरेको थियो। संघले ब्याज दरका बिषयमा अर्को साता पनि छलफल गर्दैछ।

साना बैंकहरुले समान ब्याज दर हुँदा निक्षेप नवीकरण गर्दाका बेला आफ्नोबाट ठूलामा पैसा सर्न थालेको गुनासो गरेका थिए। उनीहरुको निक्षेप अर्को बैंकमा नसरोस् भन्नका लागि बीचको बाटो निकालिएको हो।

उदाहरणका लागि कुनै संस्थागत निक्षेपकर्ताले एक अर्ब रुपैयाँ पैसा राख्न बैंकहरुलाई आह्वान गर्दा त्यो पैसामध्ये सम्बन्धित बैंकको कति नवीकरण गर्नु पर्ने हो उसले मासिक ब्याजमा बिड गर्न  सक्छ। यसको जानकारी भने संघलाई गराउनु पर्छ।

'एक अर्बमध्ये कुनै बैंकको ५० करोड नवीकरण गर्नु परे त्यो बैंकले मासिक ब्याजमा बिड गर्न संघमा सहमति बनेको हो' सहभागी एक बैंकरले भने, 'संस्थागत निक्षेपकर्ताले दीर्घकालिनभन्दा मासिक नवीकरण मनपराउने हुँदा त्यस्तो पैसा आवश्यक परेको बैंकले मात्र पाउँछ भनेर सहमति गरिएको हो।' अरु बैंकले भने त्रैमासिक ब्याजमा बोलकबोल गर्नु पर्ने हुन्छ।