सानिमा लाइफले ल्यायो एउटै बीमालेखबाट दम्पतिको बीमा गर्ने योजना, यस्ता छन् फाइदा

बिजमाण्डू
२०७५ कात्तिक ३० गते ११:०० | Nov 16, 2018
सानिमा लाइफले ल्यायो एउटै बीमालेखबाट दम्पतिको बीमा गर्ने योजना, यस्ता छन् फाइदा


काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमालेखा ल्याएको छ। दम्पती ९सावधिक० योजना ल्याएको हो। 

Tata
GBIME
Nepal Life

यो योजनामा एउटै वीमा लेखमा श्रीमान र श्रीमतीलाई जीवन बीमा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ। कम्पनीले आर्जन गरेको मुनाफामा समेत सरिक भई आर्थिक  सुरक्षा तथा बचत गर्न पाईने कम्पनीले जनाएको छ।

यो स्किमको न्युनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ छ। यसको न्युनतम प्रवेश उमेर २१ बर्ष छ भने अधिकतम ५० बर्ष छ। न्युनतम १५ र अधिकतम ३० बर्षसम्मका लागि बीमा गर्न सकिन्छ। बीमा समाप्ति उमेर ७० बर्ष राखिएको छ। 

बीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जिवित रहेमा वीमाङ्क र पुरा अवधिको वोनस एक मुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ। बीमा अवधिभित्र बीमा लेख चालु रहेको अवस्थामा बिमित दम्पतीमध्ये कुनै एकको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी हुने छ। 

बीमा लेख चालु रहेको अवस्थामा बिमित दम्पतीमध्ये बाँकी जिबित बीमितको मृत्यु भएमा बिमाङ्क समानुपातिक आर्जित वोनस एक मुष्ट भुक्तानी गरिने छ।   

यो योजनाअन्र्तगत जीवन बीमा गरी न्यूनतम २ बर्षको बीमा शुल्क भुक्तानीपछि बीमालेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ। त्यस्तो बीमा लेखबाट  बीमितले चाहेमा समर्पण मूल्य प्रात्त गर्न सकिने छ। बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मुल्य निर्धारण गरिने कम्पनीले जनाएको छ। बीमा लेखको  धितोमा समर्पण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ।