राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, मंसिर २६ सम्म दरखास्त दिन सकिने, योग्यता यस्तो छ

बिजमाण्डू
२०७५ कात्तिक ३० गते ०९:५८ | Nov 16, 2018
राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, मंसिर २६ सम्म दरखास्त दिन सकिने, योग्यता यस्तो छ

काठमाडौँ। नेपाल राष्ट्र बैंककले विभिन्न तह र पदमा ११४ जना जनशक्ति स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रुपमा हुने पदपूर्तिका लागि बैंकले सहायक निर्देशकदेखि सूचना प्रविधि सहायकसम्मको दरखास्त माग गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले सहायक निर्देशकमा प्रशासनतर्फ २१ जनाका लागि दरखास्त माग भएको छ। जसमा खुला १२, महिला २, आदिवासी जनजाति र मधेशी २/२, र दलित र अपाङ्गता भएका क्षेत्रबाट १/१ जनाको कोटा निर्धारण गरिएको छ।

यस्तै सहायक निर्देशक चाटर्ड एकाउन्टेन्टतर्फ १० जना माग भएको छ। ख्लातर्फ ६ जनाको कोटा निर्धारण गरिएको छ। सहायक निर्देशक नै वाणिज्य कानुनतर्फ २ जनाको माग भएको छ। वाणिज्य कानुनमा खुला १ र महिला १ कोटा निर्धारण गरिएको छ।

सहायक द्धितीयतर्फ बैंकले ६८ जनाको दरखास्त आह्वान गरेको छ। जसमा खुला ३७, महिला १०, आदिवासी जनजाति ८, मधेशी ७, दलित ३, अपाङ्गता भएका व्यक्ति २ र पिछडिएको क्षेत्रका लागि १ जनाको कोटा निर्धारण गरिएको छ।

यस्तै सूचना प्रविधि सहायकमा १३ जनाको दरखास्त आह्वान भएको छ। जसमध्ये खुलामा ७, महिला २, आदिवासी जनजाति २ तथा मधेशी र दलितका लागि १/१ कोटा निर्धारण गरिएको छ।

कार्तिक २९ गतेदेखि मंसिर १९ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा भने मंसिर २६ सम्म दरखास्त दिन सकिनेछ ।