सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले हस्पिटलमा छुट पाउने

बिजमाण्डू
२०७५ कात्तिक २६ गते १७:५० | Nov 12, 2018
सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले हस्पिटलमा छुट पाउने


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र बल्खुस्थित बयोधा हस्पिटलबीच सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनका लागि सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकका डेबिट÷क्रडिट कार्डवाहक तथा कर्मचारीहरुले बयोधा हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

बैंकका ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाइ छन्।