बजाजले अल न्यू पल्सर एनएस १६० ट्वीन डिस्क बाइक बजारमा ल्यायो, मूल्य २ लाख ८६ हजार




काठमाडौं। बजार मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ। 

यो २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार  कलर भेरिएन्टमा उपलब्ध छ। जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु  एण्ड ग्लसी पेव्टर ग्रे रहेको छ।  बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ।


नयाँ बजाज पल्सर १६० टिडीमा ड्यूल डिस्क ब्रेक दिइएको विज्ञप्तिमा उल्लेख छ। युवालाई आर्कषीत गर्न पछाडि मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ।

एनएस बजाजका अनुसार युवा पुस्तालाई  लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ। बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ। यसको मूल्य दुई लाख ८६  हजार ९०० रुपैयाँ तोकिएको छ।  

कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिजाइन, क्वालिटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा पर्ने गरेको बताए। 

Share this Story

   

बजाजले अल न्यू पल्सर एनएस १६० ट्वीन डिस्क बाइक बजारमा ल्यायो, मूल्य २ लाख ८६ हजार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.