बीमा समितिले माग्यो उच्चदेखि अधिकृतस्तरका कर्मचारी, मंसिर ८ सम्म आवेदनको म्याद, कसले भर्न पाउँछ

बिजमाण्डू
२०७५ कात्तिक ९ गते ११:०५ | Oct 26, 2018


काठमाडौं। बीमा समितिले आन्तरिक प्रतिस्पर्धाबाट एकजना निर्देशक माग गरेको छ। बीमा समितिको सांगठनिक संरचना अनुसार चारजना निर्देशक रहने व्यवस्था छ।

Tata
GBIME
Nepal Life

तर हाल निर्देशक पदमा एकजना मात्रै रहेका छन्। निर्देशक पदकालागि आवश्यक योग्यता बीमा समितिको कर्मचारी विनियमावली अनुसार पूरा हुनु पर्ने छ।

त्यस्तै उप निर्देशक र सहायक निर्देशक पदमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ। समितिले प्रशासन तर्फकालागि उपनिर्देशक र सहायक निर्देशक माग गरेको हो।

कानुततर्फको उप निर्देशक पदमा भने खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने भएको छ। यसकालागि कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्छ भने नेपाल सरकार अन्तर्गतका कुनै पनि संस्थान तथा निजामति सेवामा ५ वर्ष काम गरेको अनुभव हुनु पर्ने समितिले जनाएको छ।

समितिले दुर्इजना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। यसकालागि मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट पूरा गरी नेपाल सरकार अन्तर्गतका कुनै पनि संस्थान तथा निजामति सेवामा ५ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।  

अधिकृत तृतिय स्तरकालागि प्रशासन तर्फ ५ जना र कानुन तर्फ तीन जना सहायक निर्देशक माग गरिएको छ।

प्रशासन तर्फको लागि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्छ भने कानुन तर्फको लागि कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ। प्रशासन तर्फ दुर्इ जना सहायक प्रथम माग गरिएको छ। यसमा लागि स्नातक उत्तीर्ण गरेको हुनुपर्छ।

आवेदनको लागि मंसिर ८ गतेसम्म र दोब्बर दस्तुर तिरेर मंसिर १५ गतेसम्म आवेदन दिनु पर्ने समितिले जनाएको छ।