कालिका लघुवित्तले माग्यो सहायक प्रवन्धकदेखि सहायक तहकका कर्मचारी, स्याङ्जा जानेलाई अवसर

बिजमाण्डू
२०७५ कात्तिक ८ गते ११:४३ | Oct 25, 2018


काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्थाले सहायक प्रवन्धकदेखि सहायक स्तरसम्मको पदमा कर्मचारी माग गरेको छ।

Tata
GBIME
Nepal Life

संस्थाले व्यवस्थापकीय स्तरमा एकजना सहायक प्रवन्धक माग गरेको हो। स्नातकोत्तर गरी कम्तिमा पनि ५ वर्षको कार्यानुभव भएकाले आवदेन दिन सक्ने संस्थाले जनाएको छ।

अधिकृत स्तरमा दुर्इ र सहायक अधिकृत स्तरमा दुर्इ जना माग गरिएको छ। त्यस्तै केही  सुपरिवेक्षक, केहि बरिष्ठ सहायक, एक जना वित्त तथा लेखा सहायक, दुर्इ जना आन्तरिक लेखा परीक्षण सहायक, एक जना आइटी सहायक र केही सहायक स्तरका कर्मचारी माग गरिएको छ।

सम्पूर्ण पदमा कम्तिमा पनि एकदेखि दुर्इ वर्षको कार्यानुभव माग गरिएको छ। आवेदनकालागि आजदेखि १५ दिन भित्रमा संस्थाको कार्यालय स्याङ्जामा पेश गर्नुपर्ने संस्थाले जनाएको छ।