दसैंअघिको आक्रामक लगानीले तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स




काठमाडौं। दसैं विदा सुरु हुनुअघि उद्यमी पशुपति मुरारकालाई एक बैंकरले अलिकति पैसा आफ्नो बैंकमा राख्न आग्रह गरे।

मुरारकाले आफ्नो पैसा रहेको अर्को बैंकको चेक काटेर त्यो बैंकलार्इ दिए। तर चेक साटिएन, बाउन्स भयो।


कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत छुन लागेपछि ती बैंकरले मुरारकासँग निक्षेप राखिदिन आग्रह गरेका थिए। तर मुरारकाले चेक काटेको बैंकमा पनि पैसा अभाव थियो, भूक्तानी दिने वित्तिकै उसको सिसिडी रेसियोमा दबाबमा पुग्थ्यो, त्यही भएर जानिबुझी चेक बाउन्स भयो।

मुरारकाले मात्रै होइन चेक बाउन्सको अनुभव अधिकांश ठूला उद्यमीहरुले गरिरहेका छन्। राष्ट्र बैंकका अनुसार, अहिले १० वटा जति बैंक सिसिडी रेसियो ८० प्रतिशतको नजिक छन्।

सिसिडीमा दबाब परेपछि ती बैंकले ऋण लगानी पनि बन्द गरेका छन्। दसैं विदा सुरु हुनु दुई दिन अघिबाट बैंक ऋण बन्द जस्तै छ। विदा खुलेपछि पनि बैंकले ऋण दिन सकेका छैनन्।

बैंकरहरु औपचारिक रुपमा ऋण ठप्प भएको स्वीकार्न भने तयार छैनन्। 'तरलता अभावले केही समस्या पक्कै भएको छ, तर ऋण ठप्पै भने छैन' सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले भने, 'साना तथा मझौला ब्यवसायमा ऋण गइरहेको छ। ठूला ऋणहरु दिन मात्रै सोच्नु पर्ने अवस्था छ।'

अहिले सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक मात्रै सहज अवस्थामा छ। निजी क्षेत्रका बैंकका फाइल पनि राष्ट्रिय बाणिज्य बैंक पुग्न थालेको छ। स्ट्यान्डर्ड चार्टर्ड, नबिलजस्ता बैंकले पनि ऋण रोकेका छैनन्। अन्य केही सहज अवस्थाका बैंकले पनि ऋण दिइरहेका छन्। करिव १० देखि १२ वटा बैंकले ऋण दिन नसकेर ग्राहकलार्इ फर्काउने गरेका छन्। अधिकांश ग्राहकलार्इ बैंकरको जवाफ छ-‘तिहारपछि आउनु।’

लगानी योग्य पूँजी (तरलता) अभाव चर्किएपछि बैंकहरुले पहिले नै प्रतिबद्धता गरेका ऋण रोकेका छन्। बैंकहरुले व्यवसायीसँग रहेको 'ऋणको लिमिट' बाँकी हुँदासमेत पैसा दिन छाडेका हुन्।

'हामीले लिमिट हुँदा पनि ऋण पाउन छाडेका छौं' नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका मुरारकाले बिजमाण्डूसँग भने, 'औद्योगिक गतिविधि नै रोक्नु पर्ने अवस्था आएको छ।'

बैंकहरुले व्यवसायी तथा नियमित ग्राहकहरुलाई पहिले नै ऋणको स्वीकृति दिन्छन्। स्वीकृति पाएपनि ब्यवसायीले ऋण चलाएका हुँदैनन्। उनीहरुले आवश्यकता पर्दा झिक्ने गरि स्वीकृत पैसा बैंकमै छाडिदिएका हुन्छन्।

'अहिले आवश्यकता पर्दा त्यो पैसा झिकेर चलाउन पाइएको छैन' मुरारकाले भने, 'बैंकले कागजात नपुगेको भन्दै झुलाउन थालेका छन्। ऋण लगानी गर्न नसकेको बारे खुलेर भन्न चाँहदैनन्।'

कुनै बैंकले पहिले नै स्वीकृत भएको कर्जाको ब्याजमा अहिले मोलमोलाइ गरेर ऋणका लागि निरुत्साहित गर्न थालेको अनुभव मुरारकाले सुनाए।

बैंकहरुले दशैंको आयातका लागि न्यून निक्षेप हुँदा पनि अधिक लगानी गरेका कारण अहिले ऋण ठप्प गर्नु पर्ने अवस्था आएको हो। १५ दिनको अवधिमा बैंकहरुले ३ अर्ब संकलन गरेर ३८ अर्ब लगानी गरेका थिए। निक्षेप संकलन र ऋण लगानीको सन्तुलन नमिल्दा बैंकहरुको सिसिडी रेसियोमा दबाब परेको छ। सिसिडी रेसियो ८० प्रतिशत नाघ्दा राष्ट्र बैंकको कारवाहीमा परिन्छ, त्यसबाट जोगिन बैंकहरुले ऋण लगानी बन्द गरेका हुन्।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले चाडवाडको बेलामा तरलता अभाव चुलिनु नौलो नभएको भन्दै तिहारपछि अवस्था ठिक हुने बताए। 'ऋण लगानी टाइट छ तर ठप्प छैन' उनले भने, 'अहिले यसै पनि ठूलो ऋणको माग छैन। त्यही भएर सानोसानो ऋण गइरहेको छ।'

बैंकहरुले १०० रुपैयाँ निक्षेप उठाउँदा ८० रुपैयाँ मात्र ऋण दिन पाउँछन्। बैंकहरुले ७९/८० रुपैयाँ नै ऋण दिइसकेकाले नयाँ माग्न आउनेलाई पैसा छैन भनेर फर्काउन थालेका हुन्। नयाँ ऋण दिन निक्षेप बढ्नु पर्ने हुन्छ। अहिले निक्षेप वढेको छैन। 

सरकारले खर्च नगरेका कारण स्रोत सुकेको छ।  राष्ट्र बैकका अनुसार सरकारी खाता २२५ अर्ब रुपैयाँ बचतमा छ। सरकारले बजारमा भएको पैसा राजस्वको रुपमा उठाएर राख्ने र विकास निर्माण खर्च नगरेका कारण बैंकहरु तरलता अभावको चरम मारमा परेको बैंकरहरु बताउँछन्। 

असोजसम्म सरकारले २०० अर्ब ३२ करोड राजस्व संकलन गरेको छ। विकास खर्च भने १२ करोड रुपैयाँ मात्र छ। सरकारी कोषमा २२५ अर्ब रुपैयाँ थुप्रिएको छ। यही कारण बैंकहरुसँग स्रोत अभाव भएर ऋण लगानी ठप्प पार्नु परेको बैंकरले अनौपचारिक कुराकानीमा स्वीकार्छन्।

Share this Story

   

दसैंअघिको आक्रामक लगानीले तिहारपछि ऋण लिन भन्दै ग्राहक फर्काइँदै, जानीजानी चेक वाउन्स को लागी २ प्रतिक्रिया(हरु)

raju thapa[ 2018-10-28 11:39:01 ]
banks should focused on attracting the deposit with more attractive schemes of deposit products rather than avoiding lending.

   हालसम्म १० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Devil's Advocate[ 2018-10-25 05:44:21 ]
NRB should strictly enforce CCD regulation and punish banks who does not comply they only this hue n cry of season after season will be resolved. These ppl think they can overrule CCD regulation and point towards government treasury balance , remittance decline etc etc to hide their myopic vision. One should get the shoes as per size of foot not in the expectation that foot will be bigger in coming days or padding will done to make shoe fits to the foot. NRB please do something.

   हालसम्म २३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.