आइएमर्इ ग्रुपले माग्यो ५३ कर्मचारी, प्रोग्रेसिभ फाइनान्समा अफिसर तहदेखि ट्रेनीमा अवसर

बिजमाण्डू
२०७५ कात्तिक ७ गते १०:४४ | Oct 24, 2018


काठमाडौं। आइएमर्इ ग्रुपले क्षेत्रीयस्तरका कार्यालयकालागि विभिन्न पदमा ५३ जना कर्मचारीकालागि दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

ग्रुपले ७ वटा प्रदेश स्तरीय कार्यालयकालागि बिजनेस डेभलपमेन्ट म्यानेजर माग गरेको हो।

त्यस्तै ७ वटै प्रदेश स्तरीय कार्यालयकालागि ४/४ जना बिजनेस डेभलपमेन्ट अफिसर, एक एक जना मार्केटिङ प्रतिनिधि र एक एक जना मर्चेन्ट एक्विजिसन प्रतिनिधिकालागि दरखास्त आह्वान गरेको छ।

साथै उपत्यकाभित्रकै लागि ४ जना प्रोडक्ट सेल प्रतिनिधि माग गरेको छ। इच्छुक आवदकले कात्तिक १८ गतेसम्ममा आवेदन दिनुपर्ने ग्रुपले जनाएको छ।

यसैगरी प्रोग्रेसिभ फाइनान्सले १० वटा पदमा ११ जना कर्मचारी माग गरेको छ।

फाइनान्सले नायव कार्यकारी अधिकृत, एसिस्टेन्ट जनरल म्यानेजर, डेपुटी जनरल म्यानेजर, एसिस्टेन्ट म्यानेजर, आइटि तर्फकालागि अफिसर, क्रेडिट शाखाकालागि अफिसर, क्रेडिट एण्ड मर्केटिङ शाखाकालागि अफिसर, क्रेडिट तर्फकै लागि जुनियर अफिसर, काउन्टर इन्चार्ज र दुर्इ जना जुनियर सहायक ट्रेनीको लागि दरखास्त आह्वान गरेको छ।

योग्यता पुगेका आवेदकले कात्तिक २५ गतेसम्ममा आवदेन दिन सक्नेछन्।