एभरेष्ट इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्दै, सबै हकप्रद शेयर ‘संस्थापक शेयर’मा बदलिने

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १५:५५ | Oct 23, 2018


काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरकालागि हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्कासन अनुमति दिएको हो। बोर्डले १४ करोड तीन लाख ३२ हजार रुपैयाँ बराबरको १४ लाख तीन हजार तीन सय २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको जनाएको छ।

कम्पनीले साबिक एक शेयरधनीलाई १.०५ प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने बताएको छ। उक्त शेयर निष्कासनकालागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ।

कम्पनीले निष्कासन गरेको सबै हकप्रद शेयर संस्थापकमा रुपान्तरित हुने जनाएको छ। हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ३६ लाख रुपैयाँ छ।

हकप्रद बाँडफाँड गर्दा आउने पैसा संस्थापक शेयरका रुपमा कायम हुने छ। यसबाट कम्पनीको पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ। संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ५१:४९ प्रतिशत कायम हुनेछ।

कायम हुने २७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजीलाई एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने नियामकीय प्रावधान छ। यसकालागि कम्पनीले ३०० प्रतिशत हकप्रद जारी गर्नुपर्ने हुन्छ।

३०० प्रतिशत हकप्रदपछि चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ। कम्पनीले यसभन्दा अगाडि ६०० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णयमा धितोपत्र बोर्डले कम्पनीको संस्थापक शेयर नभएको भन्दै पहिले त्यो कायम गर्न निर्देशन दिएको थियो।