नयाँ सेन्ट्रो कार भारतमा गरियो सार्बजनिक, मूल्य ३ लाख ९० हजार भारुबाट सुरु, नेपालमा कति पर्ला?

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १५:२४ | Oct 23, 2018
नयाँ सेन्ट्रो कार भारतमा गरियो सार्बजनिक, मूल्य ३ लाख ९० हजार भारुबाट सुरु, नेपालमा कति पर्ला?

काठमाडौं। हुन्डाइले वहुप्रतिक्षित नयाँ सेन्ट्रो कार मंगलबार भारतमा सार्बजनिक गरेको छ। 'टल ब्वाइ' डिजाइनको सेन्ट्रो डिलाइट, एरा, माग्ना, अस्टा र स्पोर्टेज भेराइटीमा नयाँ कार उपलब्ध हुने छ।

Tata
GBIME
Nepal Life

भारतको यसको सुरुवाती मूल्य तीन लाख ८९ हजार ९०० भारु निर्धारण गरिएको छ। अस्टाको मूल्य ५ लाख ४५ हजार ९०० भारु निर्धारण गरिएको छ।

नयाँ सेन्ट्रोमा 'न्यू एज टेक्नोलोजी' को लेन्स छ। टच स्क्रिन अडियो/भिडियो सुविधा रहेको नयाँ कारको टचस्क्रिन ६.९४ इन्चको छ। १.१ लिटरको पेट्रोल इन्जिन रहेको कारले ६८बिएचपी पावर जेनेरेट गर्छ। यसको माइलेज २०.३ प्रति किलोमिटर छ। 

सात वटा फरक कलरमा कार उपलब्ध छ। इम्पेरियल बेस, मरिना ब्लु, फायइरी रेड, टाइफुन सिल्भर, पोलर ह्वाइट र स्टार डस्ट कलमा कार उपलब्ध छ। नयाँ सेन्ट्रोमा ड्राइभर एयरब्याक छ। अटो डुअर अनलकको पनि अप्सन छ। 

एक भब्य कार्यक्रममा नयाँ कारको लन्च वलिउड सुपरस्टार शाहरुक खानले गरेका छन। कम्पनीले औपचारिक लन्च अघि नै बुकिङ खुला गरेको थियो। १३ दिनमा २३ हजार ५०० वटा बुकिङ भइसकेको कम्पनीले जनाएको छ।

नयाँ कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेसँगै टच स्क्रिन सिस्टम पाइने छ। रियर एसी वेन्ट र पार्किङ क्यामेरा पनि छ। पछिल्लो १६ बर्षमा १३ लाख २० हजारभन्दा बढि सेन्ट्रो कार बिक्री भएको थियो।

भारतमा लन्च भएको नयाँ सेन्ट्रो कार नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्ने छ। नेपालको मूल्य भने तय भइसकेको छैन। यही रेन्जका अन्य गाडीहरुसँग तुलना गर्दा यसको मूल्य नेपालमा २२ लाखदेखि माथि पर्न आउने देखिन्छ।