हिमालयन उर्जाको आइपिओ आजदेखि निष्काशन, बाँडफाँड भएको तीन बर्षसम्म बेच्न नपाइने 

बिजमाण्डू
२०७५ कात्तिक ६ गते १०:५६ | Oct 23, 2018
हिमालयन उर्जाको आइपिओ आजदेखि निष्काशन, बाँडफाँड भएको तीन बर्षसम्म बेच्न नपाइने 


काठमाडौं। हिमालयन उर्जा विकास कम्पनीले प्रभावित क्षेत्रका लागि ९ लाख ९० हजार कित्ता आइपिओ आजदेखि निष्काशन गरेको छ। कम्पनीले छिटोमा कात्तिक २७ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर ५ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। 

Tata
GBIME
Nepal Life

प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० कित्ता र अधिकतम ४९ सय कित्तासम्मको लागि आवदेन दिन पाउने छन्। प्रभावित क्षेत्रका बासिन्दाले पाएको शेयर बाँडफाँड भएको तीन वर्षसम्म बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ। 

क्रेडिट रेटिङ नेपालले गरेको रेटिङ अनुसार 'इक्रा एनपि आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। यसले कम्पनीको औषत वित्तीय अवस्था रहेको जनाउँछ। कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ति खोलामा दुर्इ वटा आयोजना निर्माण गरिरहेको छ। 

उपल्लो खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब ९१ करोड रुपैयाँ र अपर खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। हालसम्म उक्त आयोजनाहरुको काम ५५ प्रतिशत सकिएको कम्पनीले जनाएको छ। 

कम्पनीले आयोजना निर्माणको लागि ९९ करोड रुपैया शेयर पूँजीबाट जुटाउने भएको छ। जसमा संस्थापक शेयरधनीको ७५ प्रतिशत अर्थात ७४ करोड २५ लाख रुपैयाँ, आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ रहेको छ। संस्थापक तर्फको शेयर पूँजी जुटिसकेको छ भने बाँकी जुटाउने तयारीमा छ। 

आइपिओ आवेदनका लागि कम्पनीको आयोजना स्थल रामेछाप, सिद्धार्थ बैंक रामेछाप, प्राइम बैंक जिरी, सञ्चुरी बैंक जिरी र एनएमबी बैंक दोलखाबाट पाइनेछ।