स्वाभिमान लघुवित्तले १ करोड ८० लाख रुपैयाँको साधारण शेयर जारी गर्ने, पूँजी ६ करोड रुपैयाँ

बिजमाण्डू
२०७५ कात्तिक ६ गते ०९:१० | Oct 23, 2018
स्वाभिमान लघुवित्तले १ करोड ८० लाख रुपैयाँको साधारण शेयर जारी गर्ने, पूँजी ६ करोड रुपैयाँ

काठमाडौं। स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीको दोस्रो बार्षिक साधारणसभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले प्रस्ताव लगेका थिए। कम्पनीले ३० प्रतिशत शेयर जारी गरेपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्ने छ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीका १९ वटा शाखा कार्यालय छन्। असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगिसकेका छन्।

कम्पनीबाट ऋण लिनेको संख्या ७ हजार ३८६ पुगेको छ। ऋण लगानि ५१ करोड गरेको छ भने बचत संकलन १४ करोड ७२ लाख रुपैयाँ छ। कम्पनी चालु बर्ष ७ शाखा थप्ने छ।