अष्टमी, नवमी र दशमीका दिन प्रहरीले निशुल्क बस चलाउने, यी तीन रुटमा गुड्नेछन् प्रहरीका बस

बिजमाण्डू
२०७५ असोज ३० गते १५:४३ | Oct 16, 2018


काठमाडौं। दशैंमा राजधानीमा गाडीहरुको अभाव नहोस् भन्ने उद्देश्यले  नेपाल प्रहरीले बस सेवा संचालन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

प्रहरीले अष्टमी, नवमी र दशमीका दिन निशुल्क बस चलाउने जनाएको छ।

प्रहरीले बस संचालनकालागि उपत्यकाभित्रका ३ वटा रुट छुट्याएको छ।

प्रहरीले सार्वजनिक गरेको अनुसार एउटा रुट कलंकीदेखि एकान्तकुना,पुल्चोक, माइतीघर हुँदै पुतलीसडक, रत्नपार्क सम्म चल्नेछ।  रत्नपार्कदेखि त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै सोही रुटमा परिक्रमा गर्नेछ।

यसैगरी  दोस्रो रुटमा कोटेश्वरदेखि शहिदगेट हुँदै महाराजगंजको नारायणगोपाल चोक, गौशाला, मैतीदेवी  परिक्रमा गर्नेछ।

तेस्रो रुट नयाँ बसपार्कदेखि चाबहिल, नक्साल, लैनचौर,  सोह्रखुट्टे ,नयाँ बजार, बालाजु चोक हुँदै बसपार्क पुग्नेछ।

चक्रपथको बाहिरी र भित्री दुबै स्थानका सर्वसाधारणको लागि सहज होस् भन्ने हिसाबले रुट तय गरिएको प्रहरीले जनाएको छ।