घरेलु उद्योगको योगदान बढाउन नीतिगत सुधार आवश्यक, ‘निर्वाध चल्न सक्ने वातावरण चाहियो’

बिजमाण्डू
२०७५ असोज ३० गते १४:२४ | Oct 16, 2018


काठमाडौं। मुलुकको औद्योगिक विकासकालागि घरेलु तथा साना उद्योग मूख्य आधार भएको सरोकारवालाहरुले बताएका छन् ।

Tata
GBIME
Nepal Life

बडा दशैँ, दिपावली छठ तथा नेपाल संवतको अवसरमा घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले स्थानीय कच्चा पदार्थको प्रयोग हुने कुटिर उद्योगबाट औद्योगिक विकास सम्भव भएको बताए। ।

‘देशको राजनीतिक वातावरण सहज भएर मात्रै औद्योगिक विकास हुने होइन । निर्वाध रुपमा उद्योग चल्ने वातावरण बन्नुपर्यो । राजश्व जम्मा गर्ने नाममा सबै उद्योगलाई एउटै डालोमा राखेर हेर्न हुँदैन’,- सिंहले भने ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिए मात्रै देशले आर्थिक समृद्धिको बाटो समात्न सक्ने बताए।

उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा घरेलु उद्योगको योगदान उच्च रहेको उनको भनाई छ ।

लघु घरेलु तथा साना उद्योग सम्बन्धी नीतिहरु थप प्रष्ट गर्न लागि पुराना नीतिहरु परिमार्जन गर्न सके मात्रै घरेलु उद्योग सहज रुपमा सञ्चालन हुन सक्ने सिंहले बताए।