सिटी एक्सप्रेसले दियो हकप्रदमाथि हकप्रद, कात्तिकमा हुने साधारणसभामा मर्जरको प्रस्ताव लैजाने

बिजमाण्डू
२०७५ असोज ३० गते १२:३७ | Oct 16, 2018


काठमाडौं।  सिटी एक्सप्रेस फाइनान्स कम्पनीले निष्कासन गरेको हकप्रद शेयरको बाँडफाँड  भएसँगै फेरि हकप्रद दिने प्रस्ताव लैजाने भएको छ।

Tata
GBIME
Nepal Life

संस्थाले कार्तिक २९ गतेका लागि साधारणसभा डाकेको छ।  आगामी साधारणसभाले फेरि १:१ का दरले हकप्रद दिने प्रस्ताव लैजाने संस्था जनाएको छ। उक्त साधारणसभामा संस्थाले मर्जरको प्रस्ताव समेत लैजाने जानकारी दिएको छ।

फाइनान्सले गत  भदौ एक गतेदेखि असोज चार गते सम्म हकप्रद शेयर निष्कासन गरेको थियो।

एक सय रुपैयाँ प्रति कित्ता अंकित दरका २५ लाख कित्ता हकप्रद निष्कासन भएको थियो। उक्त निष्कासित शेयरमा साबिक एक सय कित्ता शेयर बराबर एक सय ६७ कित्ता हकप्रद शेयर माग गरिएको थियो।

संस्थाका अनुसार गत साउन २१ गते सम्म कायम शेयरधनीले हकप्रदमा आवेदन दिएका थिए।  

संस्थाको हालको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्कासनसँगै संस्थाको पूँजी ४० करोड रुपैयाँ पुग्ने संस्थाले जनाएको छ।

जगेडा कोष ऋणात्मक रहेको संस्थाको वित्तीय विवरण बिस्तारै सुधार हुने क्रममा छ।  नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन संस्थामाथि दबाब रहेकै बेला सस्थाले फेरि हकप्रद दिने प्रस्ताव लैजान लागेको हो। हाल संस्थाको पूँजी ४० करोड पुग्ने र फेरि हकप्रद दिएपछि राष्ट्रबैंकले तोके बमोजिम ८० करोड रुपैयाँ पुग्नेछ।