आइएमएफका अधिकारीसँग भेट्नुअघि पाकिस्तानी प्रधानमन्त्री चीन जाँदै, आर्थिक संकटको निकास आउला?

बिजमाण्डू
२०७५ असोज ३० गते ११:३६ | Oct 16, 2018


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीन भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि तेस्रो देशका रुपमा आगामी नोभेम्बर ३ मा  उनी चीन जान लागेका हुन्।

Tata
GBIME
Nepal Life

अन्तराष्ट्रिय मुद्रा कोषका अधिकारीहरुले पाकिस्तान भ्रमण गर्नुअघि उनले गर्न लागेको चीन भ्रमणलाई  निकै अर्थपूर्ण मानिएको छ।

आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानले सहायता प्याकेजकालागि आइएमएफका अधिकारीहरुसँग औपचारिक छलफल गर्नुअघि प्रधानमन्त्री इमरान चीन जान लागेकोले यस भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्रीले  बिबादमा रहेको चीन पाकिस्तान आर्थिक करिडोर परियोजना सिपिइसीबारे छलफल गर्ने बुझिएको छ।

नोभेम्बर ७ मा आइएमएफका प्रतिनिधिमण्डल पाकिस्तान जानुअघि नै इमरानले चीन भ्रमण तय गरेका हुन्।

अमेरिकाले पाकिस्तानको बित्तीय संकट सिपिइसी परियोजनाकालागि लिएको ऋणका कारण भएको आरोप लगाउँदै आएपनि चीन र पाकिस्तान दुबैले यस कुराको खण्डन गर्दै आएका छन्।

तीन दिन चीनमा रहँदा उनले पाकिस्तानकालागि आर्थिक तथा सुरक्षा सहयोगका बारेमा पनि कुरा गर्ने बुझिएको छ। उनले सांघाइमा हुने अन्तराष्ट्रिय आयात निर्यात मेलामा पनि भाग लिनेछन्।