बरुण हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, कम्पनीका शेयरधनीले पाउने छैनन् कुनै लाभांश 

बिजमाण्डू
२०७५ असोज २९ गते १२:१६ | Oct 15, 2018
बरुण हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, कम्पनीका शेयरधनीले पाउने छैनन् कुनै लाभांश 


काठमाडौं। बरुण हाइड्रोपावर कम्पनीले कात्तिक २८ गते १५ औं वार्षिक साधारणसभा डाकेको छ। गत वर्ष ५ प्रतिशत बोनस शेयर पाएका शेयरधनीले यस वर्ष भने लाभांश पाउने छैनन्। 

Tata
GBIME
Nepal Life

२०७१ जेठमा ४ लाख ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको कम्पनीका शेयरधनीले हालसम्म जम्मा ५ प्रतिशत बोनस शेयर पाएका छन्। ४.५ मेगावाट क्षमताको उक्त आयोजनाले २०६८ साउनदेखि व्यावसायिक उत्पादन थालेको भए पनि शेयरधनीले भने राम्रो लाभांश पाउन सकेका छैनन्। 

कम्पनीको वित्तीय विवरण हेर्ने हो भने गत आर्थिक वर्षमा एक करोड १७ लाख रुपैयाँ नाफा गरेको छ। कमपनीको चुक्ता पुँजी २५ करोड ५१ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा एक करोड २२ लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीले आयोजना निर्माणको लागि लिएको ऋण अझै २९ करोड ४८ लाख रुपैयाँ तिर्न बाँकी छ। 

गत वर्ष बोनस शेयर दिएकोले एक वर्षको अवधिमा दोस्रो बजारमा अधिकतम २३२ रुपैयाँसम्म कारोबार भएको छ। त्यस्तै न्यूनतम १२० रुपैयाँमा कारोबार भयो। 

हाइड्रोपावरको शेयरमा आकर्षित हुने लगानीकर्ताहरुलार्इ यस्ता कम्पनीको प्रतिफलले झस्काउने गरेको छ। यस्ता धेरै कम्पनी छन् जसले व्यवसायिक उत्पादन थालेको १०/१५ वर्षसम्म लाभांस दिन सक्ने क्षमता राख्दैनन्।