ओटिसी बजार पनि अब ‘अटोमेटेड’, देशैभरीबाट कारोबार गर्न मिल्ने, वास्तविक क्षेत्रका कम्पनी बढि

बिजमाण्डू
२०७५ असोज २८ गते १६:४३ | Oct 14, 2018
ओटिसी बजार पनि अब ‘अटोमेटेड’, देशैभरीबाट कारोबार गर्न मिल्ने, वास्तविक क्षेत्रका कम्पनी बढि

काठमाण्डौ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ओभर द काउन्टर (ओटिसी) बजारको कारोबारलाई कम्प्युटरकृत (अटोमेटेड) गर्ने भएको छ। ओटिसी बजारको कारोबारलाई ब्यवस्थित र समयानुकुल परिस्कृत गर्न अटोमेटेड गर्न लागिएको हो।

Tata
GBIME
Nepal Life

नेप्सेले हाल तयार गरिरहेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वन आएपछि ओटिसी बजारलाई अटोमेटेड गर्ने योजना बनाएको नेप्सेका प्रमुख कार्यकारि अधिकृत चन्द्रसिहं साउदले जनकारी दिए।

नेप्सेले हाल मुख्य कारोबारका लागि प्रयोग गर्दै आएको कम्प्युटराइज ट्रेडिङ सिस्टम (सिटिएस) लाई नयाँ आउने नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नोट्स) ले प्रतिस्थापन गर्ने छ। हाल प्रयोग हुँदै आएको त्यही प्रणालिलाई नेप्सेले ओटिसी बजारमा प्रयोग गर्ने योजना रहेको साउदको भनाइ छ। 

हाल ओटिसी बजारमा हस्तलिखित (म्यानुअल) कारोबार हुने गरेको छ। साथै ओटिसी बजारको कारोबार केन्द्रिकृत समेत रहेको छ। ओटिसी बजारमा कारोबार गर्न लगानीकर्ताले नेप्से भवनमै रहेको कार्यालयमा जानु पर्ने बाध्यत छ। अटोमेटेड गरेपछि यसलाई ब्रोकर कार्यालय मार्फत कारोबार गराउन सकिने सम्भाबाना रहन्छ भने देशै भरीबाट समेत कारोबार गराउन सकिन्छ। त्यसका लागि केही नियम परिबर्तन गर्नु पर्ने आवश्यकता भने रहन्छ। 

ओटिसीले गति लियो
गत बर्षदेखि ओटिसीले गति लिन थालेको ओटिसी बजार प्रमुख गिरिराज दाहालले जानकारि दिए। दाहालका अनुसार गत असार मसान्तसम्म ओटीसी बजारमा ८२ कम्पनी मात्र दर्ता भएका छन्। 

नेप्सेमा सूचिकृत कम्पनीमा वास्तविक क्षेत्रका कम्पनीको संख्या न्युन छ तर ओटिसीमा वास्तविक क्षेत्रका कम्पनीको चासो बढ्दै गएको दाहालले बताए। 

यसैगरि गत बर्षबाट ओटिसीमा सूचिकृत कम्पनीको संख्यासमेत बढ्दै गएको दाहालको भनाइ छ। दर्ता शुल्क नलाग्ने तथा कारोवारमा सहजता र कारोवार शुल्क न्युन भएकोले ओटिसी बजारमा दर्ता हुने कम्पनीको संख्या बढेको हो।
 
धितोपत्र बोर्डका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा १४ सय पब्लिक कम्पनी दर्ता छन्। त्यसमध्ये १२ सयभन्दा वढी कम्पनीले सर्बसाधारणमा शेयर जारि गरेका छैनन्।