सिटिजन्स बैंकको खल्तिसँग सहकार्य, बैंकका ग्राहकले खल्तिमा पैसा लोड गरेर कारोबार गर्न सक्ने

बिजमाण्डू
२०७५ असोज २५ गते १५:२१ | Oct 11, 2018
सिटिजन्स बैंकको खल्तिसँग सहकार्य, बैंकका ग्राहकले खल्तिमा पैसा लोड गरेर कारोबार गर्न सक्ने

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र खल्ती डिजिटल वालेटबिच मोबाईल भुक्तानीमा सहकार्य गर्न सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन्।

Tata
GBIME
Nepal Life

कार्यक्रममा बैंकका डेपुटी सिइओ गणेशराज पोख्रेल र खल्तीका अर्का निर्देशक ध्रुब अधिकारी उपस्थित थिए। 

सम्झौतापछि सिटिजन्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न सक्ने छन्। त्यसरी लोड गरेपछि विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने छन्।

सम्झौताको बारेमा बोल्दै बैंकका काफ्लेले सहकार्यपछि ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्ने बताए। 

बैंकका डेपुटी सीइओ पोख्रेलले आफू डिजिटल प्रविधिमैत्री  रहेको र मोबाईलबाटै फिल्मको टिकट काट्ने र अन्य दैनिक भुक्तानीहरु पनि मोबाईल एपमार्फत नै गर्ने गरेको बताए।