गुहेश्वरी मर्चेन्ट र स्पर्स लघुवित्तले डाके एजिएम, स्पर्सको करिव तीन करोडको आइपिओ

बिजमाण्डू
२०७५ असोज २५ गते १०:०४ | Oct 11, 2018
गुहेश्वरी मर्चेन्ट र स्पर्स लघुवित्तले डाके एजिएम, स्पर्सको करिव तीन करोडको आइपिओ

काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र स्पर्स लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा डाकेका छन्। स्पर्स लघुवित्त वित्तीय संस्थाले कात्तिक १८ गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ। संस्थाले सर्वसाधारणको लागि दुर्इ करोड ९६ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव अगाडि सारेको छ। 

Tata
GBIME
Nepal Life

संस्थाले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६७.५०:३२.५० मा परिवर्तन गर्ने विशेष प्रस्ताव गरेको छ। सर्वसाधारणतर्फको दुर्इ करोड ६७ लाख रुपैयाँको शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ८ करोड २९ लाख पुग्ने संस्थाले जनाएको छ। 

हाल १० जिल्लामा मात्रै कार्यक्षेत्र रहेकोमा थप ५ वटा सहित १५ वटा जिल्ला पुर्याउने प्रस्ताव अगाडि सारेको छ। पूँजी तथा कार्यक्षेत्र विस्तारको लागि संस्थाले प्रबन्धपत्र र नियमावलीको पनि संसोधन गर्ने जनाएको छ। 

गुहेश्वरी मर्चेन्टले कात्तिक १६ गते १७औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले चुक्ता पूँजीको ४ करोड २१ लाख रुपैयाँ नगद लाभांस पारित गर्ने भएको छ। त्यस्तै संस्थापकतर्फ तीन जना र सर्वसाधारणतर्फ दुर्इ जना संचालकको निर्वाचन गर्ने भएको छ। साधारणसभा प्रयोजनको लागि कात्तिक ९ देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ।