सुपरमाई हाइड्रोको परीक्षण उत्पादन सुरु, १५ दिनपछि नियमित, एक अर्ब ४३ करोडमै बन्यो




फिक्कल। इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ। इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको जलविद्युत आयोजनाबाट  बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो।

आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ।  इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन्।  यो आयोजनाको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ। 


आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार  विसं २०७३ चैत महिनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको र अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ। 

आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकले एक अर्ब ५० करोड संयुक्त लगानी गरेकामा काम छिटै सम्पन्न भएकाले  करीब सात करोड रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए। 

Share this Story

   

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन सुरु, १५ दिनपछि नियमित, एक अर्ब ४३ करोडमै बन्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.