मोवाइलको नयाँ गन्तव्य सिटिसि मोबाइल हब, मोबाइल मेलामा ६० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७५ असोज २४ गते १०:५८ | Oct 10, 2018

काठमाडौं। मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पुर्वसन्ध्यामा राजधानीको सिटिसि मलमा नयाँ मोवाइल गन्तव्य सुरु हुने भएको छ। 

Tata
GBIME
Nepal Life

सुनधारास्थित सिभिल ट्रेड सेन्टरको भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आउन लागेको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्ने जनाएको छ। 

मोवाइल किन्नेहरुका लागि नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबले दशै धमाका सहित बजारमा उपस्थिती जनाउन लागेको हो। औपचारिक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो। दशै धमाकामा मोवाइ खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन। त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ। 

सिटिसि मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ। एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ। मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ। 

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ। 

मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन्। 

एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा रहने सञ्चालक संगम राइले बताए । यसका अलावा विभिन्न ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य हुनेछ। 

नेपालमै पहिलो पटक फरक अबधारणामासञ्चालनमा आउन लागेको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको सुबिधा उपलब्ध हुनेछ। नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन्।