हिमालयन उर्जा विकासको प्रभावित क्षेत्रका लागि आइपिओ निष्काशन, तीन वर्षसम्म बेच्न नपाइने




काठमाडौं। हिमालयन उर्जा विकास कम्पनीले प्रभावित क्षेत्रका लागि ९ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरेको छ।
 
कम्पनीले कात्तिक ६ गतेदेखि छिटोमा कात्तिक २७ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर ५ गतेसम्म निष्काशन गर्ने धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ। 

प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० कित्ता र अधिकतम ४९ सय कित्तासम्मको लागि आवदेन दिन पाउने छन्। प्रभावित क्षेत्रका बासिन्दाले पाएको शेयर बाँडफाँड भएको तीन वर्षसम्म बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ। 


क्रेडिट रेटिङ नेपालले गरेको रेटिङ अनुसार 'इक्रा एनपि आइपिओ ग्रेड ४' प्राप्त गरेको छ। यसले कम्पनीको औषत वित्तीय अवस्था रहेको बताउछ। कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमामा बहने खिम्ती खोलामा १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र ७ मेगावाट क्षमताको उपल्लो खिम्ती गरि दुर्इ वटा आयोजना निर्माण गरिरहेको छ। 

उपल्लो खिम्ती आयोजनाको जम्मा लागत एक अर्ब ९१ करोड रुपैयाँ र अपर खिम्ती आयोजनाको जम्मा लागत एक अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। हाल सम्म उक्त आयोजनाहरुको काम ५५ प्रतिशत सकिएको कम्पनीले जनाएको छ। 

कम्पनीले आयोजना निर्माणको लागि ९९ करोड रुपैया शेयर पूँजीबाट जुटाउने भएको छ। जसमा संस्थापक शेयरधनीको ७५ प्रतिशत अर्थात ७४ करोड २५ लाख रुपैयाँ, आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ रहेको छ। संस्थापक तर्फको शेयर पूँजी जुटिसकेको छ भने बाँकी जुटाउने तयारीमा छ। 

आइपिओ आवेदनका लागि कम्पनीको आयोजना स्थल रामेछाप, सिद्धार्थ बैंक रामेछाप, प्राइम बैंक जिरी, सञ्चुरी बैंक जिरी र एनएमबी बैंक दोलखाबाट पाइनेछ। 

Share this Story

   

हिमालयन उर्जा विकासको प्रभावित क्षेत्रका लागि आइपिओ निष्काशन, तीन वर्षसम्म बेच्न नपाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.