११ जिल्लामा कोल्डस्टोर खोल्न सरकारले निजी क्षेत्रलाई ७०% अनुदान दिने, २ बर्षभित्र सक्नु पर्ने

बिजमाण्डू
२०७५ असोज २३ गते १०:४३ | Oct 9, 2018
११ जिल्लामा कोल्डस्टोर खोल्न सरकारले निजी क्षेत्रलाई ७०% अनुदान दिने, २ बर्षभित्र सक्नु पर्ने

काठमाडौं। सरकारले देशका ११ जिल्लामा शित भण्डारण केन्द्र स्थापनाका लागि प्रकृया अगाडि बढाएको छ। कृषि तथा पशुपछीं विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत शित भण्डारण केन्द्र स्थापना गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

सरकारले झापा, सुनसरी, मोरङ, सर्लाही, धनुषा, काभ्रे, कपिलबस्तु, धादिङ, कैलाली, कास्की र मनाङमा केन्द्र स्थापना गर्न लागेको हो। निजी क्षेत्रसँगको साझेदारीमा केन्द्र स्थापना गरिने छ।

सरकारले भण्डारण गृह चलाउनका लागि ७० प्रतिशत पूँजीगत अनुदान उपलब्ध गराउने छ। ३० प्रतिशत निजी क्षेत्रले हाल्नु पर्छ। निजी क्षेत्रको छनौट प्रतिस्पर्धाका आधारमा गरिने मन्त्रालयले जनाएको छ।

एउटा कम्पनीले एकभन्दा बढि जिल्लाका लागि प्रस्ताव गर्न पाउँदैन। शित भण्डार निर्माण दुई बर्षभित्र गरिसक्नु पर्छ। ५ हजार मेट्रिक टन क्षमताका मल्टी च्याम्बर शित भण्डार गृह बनाउनु पर्ने छ।