सशस्त्र प्रहरीले माग्यो ४३ इन्स्पेक्टर र २३९ सइ, आयल निगममा निर्देशकदेखि सहायकसम्म माग

बिजमाण्डू
२०७५ असोज १९ गते ११:५९ | Oct 5, 2018
सशस्त्र प्रहरीले माग्यो ४३ इन्स्पेक्टर र २३९ सइ, आयल निगममा निर्देशकदेखि सहायकसम्म माग



काठमाडौं। सशस्त्र प्रहरीले नयाँ भर्नाको लागि विज्ञापन खुला गरेको छ। प्रहरीले ४३ जना सशस्त्र प्रहरी निरीक्षक र दुई सय ३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि विज्ञापन खुला गरेको हो।

Tata
GBIME
Nepal Life

योग्यता पुगेका आवेदकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन दिन पाउने छन्।

सशस्त्र प्रहरी निरीक्षकको लागि स्नातक गरेको हुनु पर्छ साथै २१ वर्ष पुरा भर्इ २५ वर्ष ननाघेको हुनु पर्ने बताइएको छ। त्यस्तै सहायक निरीक्षकको लागि प्लस टु पास गरेको साथै १८ वर्ष पुरा भर्इ २३ वर्ष ननाघेको हुनु पर्नेछ।

आवेदनको लागि सशस्त्र प्रहरी कार्यालयहरु काठमाडौं, सुनसरी, महोत्तरी, चितवन, कास्की, कपिलबस्तु, सुर्खेत र कैलालीबाट पाइनेछ।

त्यस्तै नेपाल आयल निगमले १० औ तहको निर्देशक पदमा खुला प्रतियोगिताबाट नियुक्ती गर्ने भएको छ। निर्देशक पदको लागि स्नातकोत्तर गरी सरकारी निकायमा अधिकृत स्तरमा रहि ७ वर्षको कार्यानुभव हुनु पर्नेछ।

८ औं तहको प्रवन्धको लागि तीनजना कर्मचारी माग गरिएको छ। जसमा प्रविधिक तर्फका रहेका छन्। यसका लागि स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ।

छैठौं तहको सहायक प्रवन्धकका लागि ११ जना कर्मचारी माग गरिएको छ। यसको लागि सम्बन्धित पदका लागि स्नातक गरेको हुनु पर्नेछ।

५ औं तहको वरिष्ठ सहायकको लागि पनि ९ जना कर्मचारी माग गरिएको छ। यसकालागि प्रविणता प्रमाणपत्र तह पास गरेको हुनु पर्नेछ। ४ तहको सहायक पदको लागि पनि ९ जना कर्मचारी माग गरेको छ। यसको लागि एसएलसी पास गरेको हुनु पर्छ।

तहविहीन टेक्निसियनको लागि पनि ५ जना कर्मचारी माग गरिएको छ। यसको लागि मेकानिकल क्षेत्रमा दुर्इ वर्षको कार्यानुभ तोकिएको छ।
योग्यता पुगेका इच्छुक आवेदकले कात्तिक ७ गतेसम्म आवेदन दिन सक्ने छन्।