दराजको एप नयाँ प्रविधिमा आधारित, थपियो फिचर

बिजमाण्डू
२०७५ असोज १२ गते १५:५२ | Sep 28, 2018
दराजको एप नयाँ प्रविधिमा आधारित, थपियो फिचर

काठमाडौं। अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित एप सार्वजनिक गर्ने भएको छ। नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगलप्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिने छ। नयाँ एप प्रयोगकर्ताको रोजाई अनुसार सामानहरु देखाउनेछ।

Tata
GBIME
Nepal Life

नयाँ विशेषताहरुका साथै नयाँ सफ्ट्वेयर र एल्गोरिदमले बनेको एप नितान्त व्यक्तिगत एवं सुरक्षित हुने विज्ञप्तिमा उल्लेख छ।   

दराजले आफ्नो नयाँ एपमा ब्राण्ड भौचरका माध्यमबाट दैनिक रुपमा आकर्षक छुटहरु उपयोग गर्ने सुविधा दिएको छ। ‘डेली फ्लास सेल’ मा उपभोक्ताले विशेष सामान तथा ती सामानमा पाइने अफरको जानकारी पनि पाउने छन्।

यस बाहेक उपभोक्ताले आफ्नो ‘विस लिष्ट’ मा राखेका सामानमा पाउने अफरहरुको जानकारी नियमित रुपमा देख्न सक्ने कम्पनीले जनाएको छ।