क्यास्ट्रोल लुब्रिकेन्टको सेल्फी कन्टेन्स्टको फेसबुकमा बढि लाइक पाउँदा स्मार्टफोन पुरस्कार

बिजमाण्डू
२०७५ असोज १० गते १७:०९ | Sep 26, 2018
क्यास्ट्रोल लुब्रिकेन्टको सेल्फी कन्टेन्स्टको फेसबुकमा बढि लाइक पाउँदा स्मार्टफोन पुरस्कार

काठमाडौं। क्यास्ट्रोल लुब्रिकेन्टले आयोजना गरेको सेल्फी कन्टेस्टका विजेताहरुलाई पुरस्कृत गरिएको छ। क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज बिके भएका छन्। 

Tata
GBIME
Nepal Life

उनीहरुलाई एक कार्यक्रमका बीच क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले पुरस्कृत गरे। उनीहरुलाई एक एक वटा स्मार्टफोन उपहार प्रदान गरिएको छ। 

किरण नापित पोर्पा अजिमा सर्भिसिङ सेन्टर र सन्तोष मोटर ग्यारेजका सञ्चालक हुन् भने राज बिके राज मोटरसाइकल वक्र्सका सञ्चालक हुन्।

क्यास्ट्रोल भेक्टन पहिलो पटक नेपालमा उपलब्ध गराएको अवसरमा क्यास्ट्रोल भेक्टन सेल्फी कन्टेस्ट आयोजना गरिएको थियो। क्यास्ट्रोल भेक्टनको ब्यानरमा आफ्नो तस्बिर खिचेर क्यास्ट्रोल लुब्रिकेन्ट नेपालको आधिकारिक फेसबुक पेजमा ट्याग गरेपछि सबैभन्दा बढी लाइक पाउनेलाई विजयी घोषणा गरिने बताइएको थियो। 

त्यसैगरी ललितपुरमा कार्यरत दुई पांग्रे सवारी साधनका मेकानिक्सहरुको संस्था नेपाल अटो मेकानिक्स व्यवसायी संघले आयोजना गरेको मेकानिक्सहरुका लागि चेतनामूलक कार्यक्रमको अवसरमा क्यास्ट्रोल एक्टिभो स्टार मिडिया क्याम्पेनको आयोजना गरिएको थियो। 

क्यास्ट्रोल एक्टिभो लुब्रिकेन्टको ब्यानरमा सेल्फी खिचेर क्यास्ट्रोल लुब्रिकेन्टको आधिकारिक फेसबुक पेजमा तस्बिर पोस्ट गर्ने ललितपुरका मेकानिक्सहरु मध्ये सबैभन्दा बढी लाइक पाउनेलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको थियो।

क्यास्ट्रोल भेक्टन केही समय पहिले मात्र नेपाली बजारमा भित्रिएको इन्जिन आयल हो। यो सीआई–४ प्लस र ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो।