पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष एवं सांसद हरिनारायण रौनियार विकास समिति बैठकमा आक्रामक

बिजमाण्डू
२०७५ असोज १० गते १२:४७ | Sep 26, 2018


काठमाडौं। संघीय समाजवादी फोरम नेपालका सांसद एवं निर्माण व्यवसायी हरिनारायण रौनियार विकास समितिको बैठकमा आक्रमक रूपमा प्रस्तुत भएका छन्।

Tata
GBIME
Nepal Life

समितिमा को सांसद बस्ने वा नबस्ने विषय निर्देशिकाले तय गर्ने भएकाले समितिका सदस्यहरूले त्यस विषयमा बोल्न नहुने रौनियारले दाबी गरे।नियम परिवर्तन गरी निर्माण व्यवसायी सांसदहरूलाई समितिमा राख्न नहुने नियम ल्याउन समितिका सदस्यहरूलाई रौनियारले चुनौती दिए।

विकास समितिमा निर्माण व्यवसायीहरू पनि सदस्य भएको भन्दै यसअघिको बैठकमा सांसदहरूले निर्माण व्यवसायी सांसदहरूको आलोचना गरेका थिए।

आजको बैठकमा प्रतिउत्तर दिँदै पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्षसमेत रहेको रौनियारले निर्माण कार्य ढिला हुनमा यसअघिका सांसदहरू नै ९० प्रतिशत दोषी रहेको आरोप लगाएका थिए।