आरबिआइको कारवाहीमा परेका एस बैंकले माग्यो प्रमुख कार्यकारीका लागि थप तीन महिना समय

बिजमाण्डू
२०७५ असोज १० गते १०:२४ | Sep 26, 2018
आरबिआइको कारवाहीमा परेका एस बैंकले माग्यो प्रमुख कार्यकारीका लागि थप तीन महिना समय

मुम्बइ। भारतीय निजी क्षेत्रको एस बैंकले प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राणा कपुरका लागि थप तीन महिना समय जागिर लम्ब्याइ दिन केन्द्रीय बैंकसँग आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

रिजर्भ बैक अफ इण्डियालाई पत्र लेख्दै २०१९ जनवरी ३१ पछिको थप तीन महिना जागिर लम्ब्याइ दिन माग गरिएको हो। आरबिआइले गत साता एस बैकका प्रमुख र अर्का एक संस्थापकको जागिर २०१९ जनवरी ३१ सम्म मात्र कायम राख्ने निर्णय गरेको थियो।

अर्को कार्यकारी प्रमुख खोज्न समय लाग्ने भन्दै बैंकले थप समय माग गरेको उल्लेख गरेको छ। 

आरबिआईले तीन बर्षको कार्यकालका लागि नियुक्त भएका कपुरको कार्यकाल चार महिनामा सीमित गरिदिएको थियो। आरबिआइले कपुरलाई २०१९ जनवरी ३१ सम्म मात्र काम गर्न पाउने अनुमति दिएको थियो।

कपुरलाई किन आरबिआइले निरन्तरता दिन चाहेन भन्ने खुल्न सकेको छैन। स्रोतका अनुसार, कपुरको नियुक्तिबारे आरबिआलाई पूर्ण सूचना नदिइएकाले उनको निरन्तरता रोकिएको हो।