पोखरा फाइनान्स उत्कृष्ठ ब्यवस्थापन भएको कम्पनी, नयाँ चार शाखा थप्दै

बिजमाण्डू
२०७५ असोज १० गते ०९:२२ | Sep 26, 2018
पोखरा फाइनान्स उत्कृष्ठ ब्यवस्थापन भएको कम्पनी, नयाँ चार शाखा थप्दै


काठमाडौं। पोखरा फाइनान्स लिमिटेडले नेपालका फाइनान्समध्येको उत्कृष्ठ ब्यवस्थापन भएको फाईनान्समा चुनिएको छ।

Tata
GBIME
Nepal Life

न्यू बिजनेश एज प्रालिले आयोजना गरेको कन्क्लेभ तथा अवार्ड २०१८ को वेष्ट म्यानेज फाइनान्स कम्पनीबाट सम्मानित भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए। 

पोखरा फाइनान्स २१ बर्ष पुरानो संस्था हो। चुक्ता पूँजी ८१ करोड ६४ लाख ५० हजार रुपैयाँ छ। संस्था हालसम्म निक्षेप ४ अर्व ६० करोड, कर्जा लगानी ४ अर्व २५ करोड कायम गर्न सफल भएको छ। 

वित्तिय संस्थाले हालसम्म १४ शाखाबाट सेवा दिईरहेको छ भने निकट भविष्यमा बाँझापाटन पोखरा, पालुङटार गोरखा, शारदानगर चितवन, र वुटवल रुपन्देहीमा थप चार शाखा सञ्चालनमा आउने जानकारी प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए।