१०% लाभांस दिने चर्चाले प्रभु बैंकको शेयर मूल्यमा उछाल, दुई डुबेका ऋण उठाएर नाफा ५० करोड

बिजमाण्डू
२०७५ असोज ९ गते १७:२३ | Sep 25, 2018
१०% लाभांस दिने चर्चाले प्रभु बैंकको शेयर मूल्यमा उछाल, दुई डुबेका ऋण उठाएर नाफा ५० करोड


काठमाडौं। शेयर बजारले उच्च अंकले छलाङ मार्दा मंगलबार प्रभु बैंकको शेयर कारोबार ह्वात्तै बढेको छ। बैंकको कुल ८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

Tata
GBIME
Nepal Life

सुस्त रुपमा कारोबार हुँदै आएको प्रभु बैकमा अचानक लगानीकर्ता ओइरिनुको कारण भने दुई वटा छ। बैंकले लामो समयदेखि लाभांस दिएको छैन। यसपाली भने क्षमताले भ्याउने ८ देखि १० प्रतिशतसम्म लाभांस बाँड्ने चर्चा बजारमा हुँदा लगानीकर्ता आकर्षित भएको ब्रोकरहरु बताउँछन्।

बैंकको शेयर मूल्य २४८ रुपैयाँ मात्र छ। छोटो अवधिमा ८/१० प्रतिशत  लाभांस पाउँदा पनि राम्रो फाइदा हुने लगानीकर्ताहरुको आँकलन छ। त्यही भएर बैकमा मंगलबार लगानीकर्ता झुम्मिएका थिए। बैंक स्रोतका अनुसार यसपाली १० प्रतिशतसम्म नगद लाभांस दिन सकिन्छ।

अर्को कारण बैंकले डुबेकोमध्ये दुई वटा ठूला ऋण साउनपछि उठाएको चर्चा गरिएको छ। असोजमा त्यो ऋणका कारण राम्रो 'परफरमेन्स' देखिने चर्चा लगानीकर्ता माझ हुँदा कारोबार बढेको एकथरी ब्रोकरहरु बताउँछन्। बैंक स्रोतका अनुसार, पहिलो त्रैमासमा खुद नाफा ५० करोड रुपैयाँ नघाउँदैछ। 

बैंककमो शेयर मूल्य १७ रुपैयाँले बढे २४८ रुपैयाँ पुगेको छ। बैंकको कुल तीन लाख ५१ हजार १०४ कित्ता शेयर किनबेच भएको छ।