टोखाबाट डेढ करोड रुपैयाँ बराबरको सुनसहित दुईजना पक्राउ, चीनबाट यसरी लुकाएर ल्याए तीन किलो सुन

बिजमाण्डू
२०७५ असोज ९ गते १३:३१ | Sep 25, 2018


काठमाडौ। प्रहरीले तीन किलो सुन सहित दुईजनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट सोमबार राती दुईजनालाई पक्राउ गरेको हो। रसुवा नाकाबाट अवैधरुपमा भित्र्याएको सुन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा रसुवाका नरबहादुर घले र पेम्वा लामा रहेका छन्। मोटरसाइकलमा आएका उनीहरुले शरीरमा सुन लुकाएर ल्याएका थिए।

बजारमा दुई किलो सुनको मूल्य १ करोड ५० लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।