युवराज खतिवडा: आर्थिक समृद्धिमा सरकार केन्द्रित, ‘घर गाडी बाहिर निष्किएर बीमा गर्नुस्’

रासस
२०७५ असोज ९ गते १३:०२ | Sep 25, 2018

काठमाडौँ। अर्थमन्त्री डा. युवराज खतिवडाले समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन्। 

Tata
GBIME
Nepal Life

बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरणः विपद् जोखिम वित्तीय व्यवस्थापन  र बीमा’ विषयक २१औं सम्मेलनको उद्घाटन गर्दै उनले बीमामार्फत् विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानु पर्ने बताए। 

दुईदिसम्म सञ्चालन हुने सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलगअलग कार्यपत्र प्रस्तुत हुनेछ।

सम्मेलनमा मानव नवनिर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदानप्रदान  हुनेछ। 

अर्थमन्त्रीले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएको बताए। उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व सरकारले नै व्यहोर्ने बताए। 
    
खतिवडाले यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै लैजान आग्रह गरे। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले विपद् जोखिमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताए।