र्याडिसन होटेलले लाभांस दर बढायो, १५ प्रतिशतले पूँजी बृद्धि गर्ने, ११.३२% नगद लाभांस प्रस्ताव

बिजमाण्डू
२०७५ असोज ९ गते १२:०१ | Sep 25, 2018
र्याडिसन होटेलले लाभांस दर बढायो, १५ प्रतिशतले पूँजी बृद्धि गर्ने, ११.३२% नगद लाभांस प्रस्ताव

काठमाडौं। ओरियन्टल होटेल  (र्याडिसन) ले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद छ। 

Tata
GBIME
Nepal Life

होटेलले अघिल्लो वर्षको तुलनामा लाभांश दर थोरै बढाएको छ। अघिल्लो वर्ष २४.३१ प्रतिशत लाभांश दिएको थियो। जसमा १८ प्रतिशत बोनस शेयर थियो भने ६.२१ प्रतिशत नगद लाभांश दिएको थियो। घोषित लाभांश वार्षिक साभारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्। 

लाभांश प्रस्तावसँगै होटेलले कार्तिक १२ गते वार्षिक साधारण सभा समेत डाकेको छ। साधारणसभाको लागि होटेलले  असोज १९ गतेदेखि कार्तिक १२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। 

हाल होटेलको चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि होटेलको चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँ पुग्ने छ भने जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ। होटेलको प्रति शेयर आम्दानी ३१.०७ रुपैयाँ रहेको छ।