७५ हजारले हेरेर सकियो फर्निचर एक्सपो, ठूलो परिमाणमा फर्निचर बुकिङ

बिजमाण्डू
२०७५ असोज ९ गते १०:३४ | Sep 25, 2018
७५ हजारले हेरेर सकियो फर्निचर एक्सपो, ठूलो परिमाणमा फर्निचर बुकिङ

काठमाडौं। नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो ७५ हजार बढीले अवलोकन गरेका छन्। सोमबार एक्स्पो सकिएको छ। 

Tata
GBIME
Nepal Life

दशैंलाई लक्षितगर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भिड लागेको विज्ञप्तिमा उल्लेख छ। एक्स्पोमा अधिकांस अवलोकनकर्ताले सामान बुकिङ गरेका छन्। संघका अध्यक्ष राजेशकाजी अग्रवालले भने, ‘व्यापरका हिसावमा ठूुलो रकमको सामान बुकिङभएको छ। यसले हामीलाई आगामी वर्षहरुमा अझ बिस्तारित शैलीमा एक्स्पो आयोजना गर्न उत्साहित बनाएको छ।’

जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजित एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको हो। इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए। फर्निचर एक्स्पोले आफुहरुलाई पनि उत्साहित बनाएको उनको भनाई छ। 

एक्स्पोलाई सिमल डेकोर,यती फ्लोरिगं, ग्लेन र डिलाइटले प्रायोजन गरेका थिए। एभरेष्ट इन्स्योरेन्सले एक्स्पो स्थलको बीमामा सहकार्य गरेको थियो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले एक्स्पोलाई प्रवद्र्धन गरेका थिए।