इटहरीमा खुल्यो सिनेमा हलसहितको सपिङ कम्प्लेक्स, माथिल्लो तीन तलामा ३६ रुमको होटल 

बिजमाण्डू
२०७५ असोज ९ गते १०:०३ | Sep 25, 2018
इटहरीमा खुल्यो सिनेमा हलसहितको सपिङ कम्प्लेक्स, माथिल्लो तीन तलामा ३६ रुमको होटल 

काठमाडौं। श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीले ईटहरीमासपिङ मल सेन्ट्रल प्लाजा र सुविधायुक्त सिनेमा हल सिनेफ्लिक्स सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीका निर्देशक राजेश श्रेष्ठले पहिलो पटक ईटहरीमा खुलेको सिनेमा हल र सपिङ मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउने बताए। १० तल्ले यस सपिङ मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्ला सम्ममा अन्तराष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन्। भवनको चौथो तल्लामा फूड कोर्ट, गेमिङ जोन र किड जोन रहनेछ। 

सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौ तल्लामा रहेको छ। ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुई वटा स्क्रिन छ। २ सय ७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र अङग्रेजी सिनेमाहरु थ्रिडीमा हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा होटल भरन्डा खोलिने छ। यो होटलमा ३६ कोठाहरु हुनेछन् र सबै कोठामा ईटहरी शहरको दृश्य देख्न सकिने विज्ञप्तिमा उल्लेख छ।