सिमेन्ट स्टीलमा लगानी गरिरहेको जगदम्बा समूह र्इँटा टायल उद्योगमा, ७५% सम्म बचत

बिजमाण्डू
२०७५ असोज ८ गते १४:१५ | Sep 24, 2018

काठमाडौं। अहिलेसम्म घर निर्माणमा प्रयोग हुने इटा, ब्लकलगायतमा खुद्रा लगानी हुँदै आएकोमा कर्पोरेट हाउस जगदम्बा समूहले पनि लगानी गरेको छ। जगदम्बा समूहमा आवद्ध उद्यमीहरुले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित प्रि कास्ट निर्माण सामग्रीहरु बजारमा ल्याएका छन्। 

Tata
GBIME
Nepal Life

सीमेन्ट, स्टिल्सलगायत विभिन्न निर्माण सामग्रीहरुको उत्पादन तथा बिक्री–बितरणको लामो अनुभवबाट ख्याति कमाएको समूहका उद्योगीहरुले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभरका साथै अन्य प्रिकास्ट बस्तुहरु पनि उत्पादन थालेको छ।  फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन पनि उत्पादन गरेको छ। 

उपभोक्ताहरुलाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तुहरु प्रदान गर्का लागि नयाँ क्षेत्रमा लगानी गरेको कम्पनीको दावी छ। उद्योगबाट उत्पादित निर्माण सामाग्रीको प्रयोगले निर्माण लगानीमा १० देखि ७५ प्रतिशतसम्म बचत हुने विज्ञप्तिमा उल्लेख छ।

परम्परागत रुपमा उत्पादन हुने निर्माण सामग्रीभन्दा निकै टिकाउ हुने कम्पनीको दावी छ। आकारमा एकरुपता भएको, प्रदुषण कम गर्ने उर्वर जमिनको खति नहुने, लागत कम लाग्ने जस्ता विशेषता यसमा रहेको कम्पनीले जनाएको छ।

घर, हाउजिङ, अपार्टमेन्ट, सपिङकम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्कका संरचनालाई आवश्यक पर्ने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको फिनसिङ राम्रो हुने विज्ञप्तिमा जनाइएको छ।