नबिल बैकका कार्ड होल्डरलाई ग्रान्डीमा साढे सात प्रतिशत छुट, कुन कुन सेवामा छ छुट?

बिजमाण्डू
२०७५ असोज ८ गते १०:२७ | Sep 24, 2018
नबिल बैकका कार्ड होल्डरलाई ग्रान्डीमा साढे सात प्रतिशत छुट, कुन कुन सेवामा छ छुट?

काठमाडौं। नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशत छुट पाउने भएका छन्। छुट उपलब्ध गराउनका लागि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबिच सम्झौता भएकोे छ। 

Tata
GBIME
Nepal Life

विषेश छुट बाह्यिय सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको  सुस्वास्थ्य प्याकेज बहिरङ परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुनेछ। 

धापासीस्थित ग्रान्डी अन्तराष्ट्रिय अस्पताल सुविधा सम्पन्न २०० बेड सहितको स्वास्थ्य संस्था हो। अस्पतालमा ३५ विशेशज्ञ विभाग र एक वेलनेश सेन्टर रहेको छ।

नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, ११८ वटा एटिएमहरुको संरचना र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्।