बुटवलका मेयरले सुरु गरे युवा इलम कार्यक्रम, पहिलो चरणमा साढे ३ सय युवालाई सीपमुलक तालिम सुरु

बिजमाण्डू
२०७५ असोज ५ गते १०:१५ | Sep 21, 2018


रुपन्देही।  बुटवल उपमहानगरपालिकले बुटवलका १९ वडाका ३६५ युवाहरुलाई सीपमूलक तालिम सुरु गरेको छ । मेयरले सुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना कार्यक्रम मानिएको छ ।

Tata
GBIME
Nepal Life

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले युवाहरुलाई सक्षम बनाए मात्रै समृद्ध बुटवलको अभियान पूरा हुने वताए । सोही अभियान स्वरूप पहिलो चरणको प्राबिधिक तालिम सुरु गरिएको उनको भनाई छ।

बुटवलको समृद्धिका लागि बुटवलबासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ आफुहरुलाई तालिम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको मेयर सुवेदीले बताए।  

यो अभियानमा यसक्षेत्रका रोजगारदाता र प्राबिधिक शिक्षा केन्द्रहरुले उपमहानगरसंग सहकार्य गरेका छन् । तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइनेछ ।

यस्तो तालिम कम्तिमा तीन महिनाको हुने बताइएको छ । विभिन्न विषयमा समूह छुट्टयाएर तालिम दिन लागिएको बुटवलका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए ।

हेवी मेसिन मर्मत देखि फेसन डिजाइनसम्मका कामहरूबारे विशेष तालिम दिइने अधिकृत दामोदर ज्ञवालीको भनाई छ ।