काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्सले २३ भाग्यशाली ग्राहकलाई विदेश घुमाउने स्किम ल्याएको छ। दशैंतिहार लगायतका चाडलाई लक्षित गरी 'इन्टरनेट फरर, विदेश सरर' नामक ग्राहक योजना ल्याएको छ।
यो योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियालगायतकका देश घुम्ने अबसर पाउनेछन्।
वल्र्डलिंकले २३औं वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको विज्ञप्तिमा उल्लेख छ।
यसै अबसरमा वल्र्डलिंकले इन्टरनेट खरिद वा नविकरण गर्दा समेत भारी छुट दिने भएको छ। नयाँ इन्टरनेट जोड्दा र नवीकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ।
यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निशुल्क सेटअप बक्ससहित १२ महिना नेटटिभी प्राप्त गर्नेछन्। कम्पनीका देशभर २ लाख ४० हजार भन्दा बढी ग्राहक छन्।